ठगी मुद्दामा अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पलाई ३५५ मिलियन डलर जरिवाना

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई धोखाधडीको आरोपमा अमेरिकाको एक अदालतले ३५५ मिलियन डलर जरिवाना लगाएको छ । न्युयोर्कको अदालतले ट्रम्पलाई धेरै वर्ष पुरानो ठगी मुद्दामा यस्तो सजाय दिएको हो ।

ट्रम्पमाथि बैंक तथा अन्य संस्थाको वित्तीय अभिलेखमा छेडछाड गरेको आरोप छ, जसका कारण ट्रम्पको सम्पत्ति बढेको छ । यससँगै ट्रम्पलाई तीन वर्षसम्म न्युयोर्कको कुनै पनि निगममा अफिसर वा निर्देशकका रूपमा नियुक्त हुन पनि प्रतिबन्ध लगाइएको छ ।

ट्रम्प रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारको दौडमा अगाडि रहेका बेला न्यायाधीश आर्थर एनगोरोनले साढे दुई महिनाको सुनुवाइपछि यो निर्णय गरेका हुन् । ट्रम्पले राष्ट्रपति चुनावमा गडबढीका कारण आपूmले मुद्दा हारेको बताएका छन् ।

अदालतको फैसलापछि ट्रम्पले आफ्नो प्रतिक्रियामा भने, ‘नराम्रो नियतका साथ एक न्यायाधीशले भर्खरै फैसला गरेका छन् कि मैले ठूलो कम्पनी बनाएको आरोपमा ३५५ मिलियन डलर तिर्नुपर्नेछ ।’ यो फैसला आफू र सिंगो देशको लागि दुखद भएको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर