नेदरल्यान्ड्समाथि नेपालको सानदार जित

नेपालका लागि ओपनर आशिफ शेख र अनिल शाहको अर्धशतक

आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्समाथि सानदार जित हासिल गरेको छ । आज शनिबार टियु क्रिकेट मैदानमा भएको खेलमा नेदरल्यान्ड्सले दिएको १ सय ३८ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा नै पूरा गरेको हो ।

नेपालका लागि ओपनर आशिफ शेख र अनिल शाहले अर्धशतक प्रहार गरे । नट आउट रहँदै शेखले ५४ रन र अनिल शाहले ५७ रन बनाए । अर्का ओपनर कुशल भुर्तेल ११ बलमा २८ बनाएर आउट भएका थिए । नेदरल्यान्ड्सका लागि भिभियन किङ्ग्माले १ विकेट लिए ।

यसअघि पहिलो इनिङ्समा नेदरल्यान्ड्सले नेपाललाई १ सय ३८ रनको सामान्य लक्ष्य दिएको थियो । नेदरल्यान्ड्स ३९ ओभरमा अलआउट भएको हो । नेपालले टस जितेपछि फिल्ड गर्ने निर्णय लिएको थियो । उत्कृष्ट बलिङ र फिल्डीङ गर्दै नेदरल्यान्ड्सलाई सुरुवातदेखि दबाबमा राखेपछि नेदरल्यान्ड्सले ठूलो लक्ष्य दिन नसकेको हो । नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए । सोमपाल कामीले १, ललित राजवंशीले २ र कप्तान रोहित पौडेलले १ विकेट लिए ।

नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रन जोडे । ४९ बलमा १ चौका प्रहार गर्दै संयमित इनिङ खेलेका उनी नवौं विकेटको रुपमा कुशल भुर्तेलको एलबीडब्लु धरापमा परेका थिए । । कुशलले मध्यक्रम ध्वस्त पार्दै कुल ४ विकेट लिए ।

नेदरल्यान्डको इनिङ्सलाई बास डे लिडे र साइब्रान्ड एंगलब्रेक्टले साझेदारी गर्दै केही सम्हाल्ने प्रयास गरे पनि ललितले १६ औं ओभरमा एंगलब्रेक्टलाई स्लिपमा क्याच गराएर सफलता दिलाए । उनले ३५ बलमा २३ रन जोडे । २० औं ओभरमा ललितले नै बासलाई बोल्ड गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर