काठमाडौंमा इन्स्पेक्टरले चलाएको गोली लागेर अंगरक्षक घाइते

काठमाडौं उपत्यका प्रहरी अन्तरगत कार्यरत प्रहरी निरीक्षकले बोकेको पिस्तोलको गोली लागेर उनकै अंगरक्षक घाइते भएका छन् । प्रहरी प्रभाग बलम्बुमा आइतबार प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठ आफैँले बोकेको पिस्तोलबाट चलेको गोली लागेर अंगरक्षक घाइते भएका हुन् ।

प्रहरीका अनुसार इन्स्पेक्टर श्रेष्ठले डीउटी सकेर पिस्तोल बुझाउनेक्रममा चेम्बरमा रहेको गोली ननिकाली ट्रिगर दबाउँदा दुर्घटना भएको हो । गोली भूईबाट उछ्छिटिएरसँगै रहेका अंगरक्षकको खुट्टामा लागेको हो ।

काठमाडौं उपत्यका प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले घटनामा इन्स्पेक्टर श्रेष्ठको लापरवाही देखिएको पर्दाफासलाई बताए । उनले घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीलाई निर्देशन दिएको बताए ।

प्रहरीले घटना अनुसन्धानका लागि इन्स्पेक्टर श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *