सेनाका तीन सहायक रथीकाे उपरथीमा बढुवा

नेपाली सेनाका तीनजना सहायक रथीकाे उपरथीमा बढुवा भएकाे छ। मन्त्रिपरिषद्काे ६ फागुनकाे निर्णय अनुसार उनीहरूकाे बढुवा भएकाे हाे ।

सैनिक मुख्यालय जंगी अड्डाले सहायक रथीहरू अनुपजंग थापा, सुनिल श्रेष्ठ र प्रकाश देउजालाई बढुवा सिफारिस गरेकाे थियाे। सरकारले रक्षा मन्त्रालयकाे प्रस्तावमा उनीहरूकाे बढुवा गरेकाे हाे ।

बढुवा भएका थापा राष्ट्रिय सुरक्षा परिषद्काे सचिवालय, श्रेष्ठ मध्यपश्चिम पृतना र देउजा सैनिक मुख्यालयमा कार्यरत रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर