ऋण लिएपछि तिर्नुपर्छ : कार्यवाहक गभर्नर ढुंगाना

नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर निलम ढुंगानाले ऋण लिएपछि तिर्नुपर्ने बताएकी छिन्। महिला आर्थिक पत्रकार संघ (फेजा) ले आयोजना गरेको नीतिगत बहस कार्यक्रममा ढुंगानाले यस्तो बताएकी हुन्।

उनले समग्र अर्थतन्त्रमा समस्या आएको कारण बैंकमा पनि यसको समस्या देखिएको बताईन्। यद्यपी छिमेकी देशहरुको तुलनामा नेपालको एनपिएल कम नै रहेको जानकारी गराईन।

नेपालमा वित्तीय क्षेत्रको आकार र पहुंच विस्तार भएको, निजी क्षेत्रमा जाने कर्जा विस्तार भएको र अर्थतन्त्रका अधिकांश सूचक सकरात्मक देखिएकाले बैंकिङ्ग क्षेत्रमा देखिएका समस्या पनि छिट्टै ठिक हुने बताईन।

पूँजीगत खर्च बढे समग्र अर्थतन्त्रमा सकारात्मक असर देखिने उनको भनाई छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर