आफूलाई डीएसपी बताउँदै गाडी चालकलाई अपशब्द बोल्ने श्रेष्ठ पक्राउ

आफूलाई डीएसपी बताउँदै सार्वजनिक स्थलमा निजी गाडी चालकलाई अपशब्द बोल्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं चुनदेवीका प्रविण श्रेष्ठ छन् । उनी प्रहरी कर्मचारी पनि नरहेको नेपाली प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा श्रेष्ठले एक जना निजी गाडी चालकलाई अपशब्द र रंगभेदी गाली गरेका थिए । उनले रातिको समयमा काठमाडौंको सार्वजनिक स्थलमा गरेको व्यवहारको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडियोमा उनले आफू ‘प्रहरीको डीएसपी हुँ’ भन्दै अपशब्द प्रयोग गरेको देखिन्छ । गाडी चालकले सम्मानपूर्वक बोल्दा पनि उनले गाली गरेका थिए । उनलाई नैतिकताविरुद्धको कसुर गरेको आरोपमा पक्राउ गरी अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर