कपिलवस्तुमा हत्या गरी गाडिएको अवस्थामा पुरुषको शव फेला

कपिलवस्तु नगरपालिका–४ पिपरी गाउँमा पुरुषको शव फेला परेको छ । गाउँको दक्षिणतर्फको नहरको कुलोमा गाडिएको अवस्थामा शव फेला परेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीयको खबरपछि आइतबार साँझ कोदाहवा चोकदेखि दक्षिण ५ सय मिटर नहरको कुलोमा टाउको नभएको शव फेला परेको थियो आज बिहान शव निकालिएको प्रहरीले जनाएको छ । यद्यपि, शवको शरीरको भाग मात्र गाडिएको र टाउको नभेटिएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।

शवको पहिचान हुन सकेको छ । शवको केही भाग जलेको पनि भेटिएको छ । यस्तै, पुरुषले जिन्सको सर्ट लगाएको र नाडीमा धागोसमेत बाँधिएको फेला परेको छ । अन्यत्र हत्या गरी त्यहाँ शव व्यवस्थापन गरिएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रहरीले घटनास्थलमा तालिम प्राप्त ककुरसहित टोली परिचालन गरेको छ भने घटनामा संलग्नको खोजी तीव्र पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर