जब इन्स्पेक्टरले पेस्तोल जाँच गर्न खोज्दा गोली चल्यो…

चन्द्रागिरि नगरपालिका–१२ बलम्बुस्थित प्रहरी प्रभागका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठ आइतबार आफ्नो ड्युटिको क्रममा माइतीघरमण्डलामा थिए ।

बिहान १० बजेदेखि ३ बजेसम्मको ड्युटी सकिएपछि बलम्बु प्रभागमा नै फर्किए । ४ बजे आफ्नै साथमा रहेको टाइप ५४ को पेस्तोल पुरानो मोडलको भन्दै कार्यालयको जिन्सी शाखामा बुझाए । अर्को टाइपको कुनै छोटो हतियार छ भने दिन आग्रह गरे ।

कार्यालय प्रमुखले मागेपछि जिन्सी शाखाले पनि आफूसँग भएको पेस्तोल र १५ राउन्ड गोलीसहित १ थान म्यागजिन बुझायो । इन्स्पेक्टर श्रेष्ठले पेस्तोलको सेफ्टिक्याच आरमा भएको कक गरेर सेफमा लान खोज्दा सेफ भएन ।

त्यसपछि म्याग्जिन लगाएर कक गर्ने क्रममा भने अचानक फायर हुँदा नसोचेको दुर्घटना भयो । श्रेष्ठले पेस्तोलको नोजल भुईतर्फ फर्काएर जाँच गरिरहेका थिए । त्यही क्रममा फायर हुुँदा १ राउण्ड गोली मूल ढोका अगाडिको मार्बलको भुईमा लाग्यो । त्यहाँबाट उछिट्टिएर ढोकासँगै रहेको डिउटी अधिकृत कक्षको टेबलको प्लाईको बारमा लागी रिभर्स भयो ।

अनि श्रेष्ठकै अंगरक्षक प्रहरी जवान आशिक कुमार जयसवालको बाँया खुट्टाको घुडाँमुनि गोली लाग्यो । नजिकै रहेका सेवाग्राही सर्लाही इंसानपुर नगरपालिका–१३ घर भएका ४६ वर्षीय प्रेम नारायण महतोको पनि दाहिने खुट्टाको बुढी औंलामा छर्रा लाग्यो ।

घटनामा घाइते भएका दुवै जनाको हाल उपचार भइरहेको र अवस्था सामान्य सशस्त्र प्रहरी बलले जानकारी दिएको छ । इन्स्पेक्टर श्रेष्ठलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर