टिआरसी पीडितमैत्री हुुनुपर्ने अडानले राष्ट्रिय सभा निर्वाचनमा एक्लिनु पर्‍याे : ओली

प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) पीडितमैत्री हुनुपर्छ भन्ने अडान नछोडेका कारण राष्ट्रिय सभा निर्वाचनमा एक्लिनुपरेको बताएका छन् ।

मंगलबारदेखि पार्टी मुख्यालय च्यासलमा सुरु भएको पार्टी केद्रीय कमिटी बैठकमा उनले राष्ट्रियसभा निर्वाचनअघि नै टिआरसी विधेयक पारित गरौं भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाको पटकपटकको प्रश्तावमा सो विधेयक पीडितमैत्री हुुनुपर्ने आफूहरुको अडानका कारण अघि बढ्न नसकेको दाबी समेत गरे ।

अध्यक्ष ओलीले पीडितलाई मञ्जुर हुने बित्तिकै सो विधेयक पारित गराउन आफ्नो पार्टी तयार रहेको पनि बताए । उनले सो विधेयक दाहाल र देउवाकै कारण १८ वर्षसम्म टुंगोमा पुग्न नसकेको जिकिर समेत गरे ।

अध्यक्ष ओलीले सधैंका लागि अन्त्य हुनेगरी आफ्नो पार्टीले टिआरसी विधेयक टुंगो लगाउनुपर्छ भन्ने मान्यता लिएको बताए ।

‘म प्रधानमन्त्री हुँदा हामी शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनुपर्छ भन्ने पक्षमा थियौँ । म प्रधानमन्त्री हुँदा पनि हामीले टुंग्याउन साह्रै कोशिस गरेका हौं । त्यतिबेला प्रचण्डजी र शेरबहादुर देउवाजीले टुंग्याउन मान्नुभएन । किन मान्नुभएन, के शौख हो उहाँहरुको त्यो उहाँहरुले भन्नुहोला । तर स्पष्टतः उहाँहरुले शान्ति प्रक्रियाका बाँकि कामहरु टुंग्याउन मान्नुभएन । मैले धेरै आग्रह गरेँ । अनुरोध गरेँ । नत्र यो १८ वर्षसम्म चालु रहने विषय थिएन । १७ वर्ष पूरा गरेर १८ वर्ष लागि सक्यो । यो चालु रहने थिएन । तर अहिले यसलाई बेस्सरी हतियार बनाउन खोजिएको छ,’ ओलीले भने ।

उनले भने, ‘हामी भन्न चाहन्छौं–हाम्रा लागि आफ्नै केही छैन । हामी पीडितको पक्षमा, पीडितले न्याय पाउने भन्ने कुरा मात्रै हो । पीडितलाई मञ्जुर हुँदाखेरी हामीलाई मञ्जुर छ । हामीले भनेका छौं । पीडितले न्याय पाउनुप¥यो ।  उनीहरु मञ्जुर हुनुप¥यो ।’

अध्यक्ष ओलीले कोशी प्रदेशमा राप्रपासँग मिलेर चुनावमा जाँदा आफ्नो पार्टीले राष्ट्रिय सभा निर्वाचनमा एक सिट जितेको पनि स्मरण गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर