क्यानडाको २४१ रनको लक्ष्य पछ्याउँदै नेपाल ए

क्यानडा–११ विरुद्धको एकदिवसीय शृङ्खलाको दोस्रो खेलमा नेपालले जितका लागि दुई सय ४१ रनको लक्ष्य पाएको छ ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडा–११ ले ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउदै दुई सय ४० रनको योगफल बनायो ।

क्यानडाका लागि श्रेयास मोम्भाले सर्वाधिक ६८ रनको योगदान दिए । उनले ८२ बल खेल्न क्रममा पाँच चौका प्रहार गरे । त्यस्तै नवनित दलिवालले ४६, श्रीमन्था विजयरत्नेले ४१ र आरोन जोनसनले ३६ रनको योगदान दिए । डिलोन हेलिगरले १६ रन बनाए ।

बलिङतर्फ नेपालका साहब आलमले तीन विकेट लिए भने शेर मल्ल र रासिद खानले समान दुई/दुई विकेट लिए । त्यसैगरी सागर ढकाल र बसिर अहमदले समान एक/एक विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर