नेपाल एको पहिलो जित, क्यानडालाई २ विकेटले पराजित गर्दै सिरिजमा बराबरी

काठमाडौंको मूलपानीमा आज भएको एकदिवसीय खेलमा नेपाल ए विजयी भएको छ । नेपाल एले क्यानडालाई २ विकेटले पराजित गरेको हो ।

३ वटा एकदिवसीय खेलको श्रृंखलामा पहिलो खेलमा नेपाल ए पराजित भए पनि दोस्रो खेल भने जितेको हो । नेपाल एले पहिलोपटक यो जित हासिल गरेको छ ।

निर्धारित ५० ओभरको खेलमा पहिलो ब्याटिङ गरेको क्यानडाले २४० रन बनाएको थियो । क्यानडाका लागि श्रेयस मोभाले ६८, नवनित धलिवालले ४६ र श्रीमन्था विजयरत्नेले ४१ रन बताए ।

नेपालका लागि सहाब आलमले १० ओभरमा ३८ रन खर्र्चिंदै ३ विकेट, रासिद खानले ५.५ ओभरमा ३४ रन खर्चिंदै २ विकेट र शेर मल्लले १० ओभरमा ३९ रन खर्चिंदै २ विकेट लिए ।

१४१ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको नेपाल एका लागि कप्तान सन्दीप जोराले ७४ बलमा ६६ रन बनाए । यस्तै, बसिर अहमदले ७३ बलमा ५२ र रासिद खानले ५१ बलमा ४७ रन प्रहार गरे ।

क्यानडाका लागि अमोर खालिदले ७ ओभरमा ३५ रन खर्चिंदै २, साहिद अहमदजाईले २ र निखिल दत्तले २ विकेट लिए । नेपाल ए र क्यानडाबीच अब एउटा एकदिवसीय खेल बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर