विदेशी मुद्राको विनिमय दर : कुन देशकाे मुद्रा कतिमा हुँदैछ खरिद बिक्री ?

आज अमेरिकी डलर १ को खरिदमा १३२ रुपैयाँ ४५ पैसा र बिक्रीमा १३३ रुपैयाँ ५ पैसा तोकिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आजका लागि युरो खरिदमा १४२ रुपैयाँ ९८ पैसा र बिक्रीमा १४३ रुपैयाँ ६३ पैसा तय भएको छ। बेलायती पाउन्ड स्टर्लिङ खरिदमा १६६ रुपैयाँ ७७ पैसा र बिक्रीमा १६७ रुपैयाँ ५२ पैसा कायम भएको छ।

अस्ट्रेलियन डलर १ को खरिदमा ८६ रुपैयाँ ८१ पैसा र बिक्रीमा ८७ रुपैयाँ २० पैसा, क्यानेडियन डलर खरिदमा ९८ रुपैयाँ २१ पैसा र बिक्रीमा ९८ रुपैयाँ ६५ पैसा, सिंगापुर डलर खरिदमा ९८ रुपैयाँ ४९ पैसा र बिक्रीमा ९८ रुपैयाँ ९४ पैसा तथा जापानी येन १० को खरिदमा ८ रुपैयाँ ८२ पैसा र बिक्रीमा ८ रुपैयाँ ८६ पैसा तय गरिएको छ।

चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ ४१ पैसा र बिक्रीमा १८ रुपैयाँ ४९ पैसा तय गरिएको छ।

साउदी अरेबियन रियाल खरिदमा ३५ रुपैयाँ ३२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ४८ पैसा, कतारी रियाल खरिदमा ३६ रुपैयाँ ३२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४८ पैसा, यूएईको दिराम १ को खरिदमा ३६ रुपैयाँ ६ पैसा र बिक्रीमा ३६ रुपैयाँ २२ पैसा तय गरिएको छ।

मलेसियाको रिंगिट १ को खरिदमा २७ रुपैयाँ ६१ पैसा र बिक्रीमा २७ रुपैयाँ ७३ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रुपैयाँ ९२ पैसा र बिक्रीतर्फ ९ रुपैयाँ ९७ पैसा कायम भएका छन्।

कुवेती दिनार १ को खरिदमा ४३० रुपैयाँ २६ पैसा र बिक्रीमा ४३२ रुपैयाँ २१ पैसा तथा बहराइनको दिनार खरिदमा ३५१ रुपैयाँ ३५ पैसा र बिक्रीमा ३५२ रुपैयाँ ९४ पैसा तय गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर