स्वयम्भू घटना: प्रहरीले भन्यो-तीनजनाको हत्यापछि मुख्य अभियुक्त भनिएका ब्यक्ति मृत फेला

प्रहरीले स्वयम्भू घटनामा हत्यामा संलग्न ब्यक्तिले तीनजनाको हत्यापछि आफुले पनि आत्महत्याको गरेको प्रारम्भीक अनुसन्धान निश्कर्ष सार्वजनिक गरेको छ ।

घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले घटनामा संलग्न राजु भनिने काजी विश्वकर्मा (घिमिरे) ले बुधबार बिहान आफ्नै कोठामा श्रीमती बर्ष ३८ की इश्वरी भन्ने प्रेम कुमारी श्रेष्ठ तथा छोरी वर्ष ८ कि अनिसा श्रेष्ठ र नातिनी नाता पर्ने वर्ष २ की सिवाना श्रेष्ठ समेतको हत्या गरेृको जनाएको हो ।

परिसरले राजु समेत ह्वाईट गुम्बा जङ्गलस्थित उनको डेराकोठाबाट अन्दाजी २ किलोमीटरको दुरीमा सल्लाको रुखमा नाईलनको डोरीले पासो लगाइ झुण्डिएको अवस्थामा मृत फेला परेको जनाएको हो ।

अनुसन्धान अधिकारीहरुका अनुसार परिवारमा विवाहेतर सम्बन्ध हत्याको एउटा कारण हुनसक्ने कोणमा अनुसन्धान अघि बढेको छ ।

मृतक चारैजनाको शव पोष्टमार्टममा लागि अस्पताल लगिएको छ ।

परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाको बिस्तृत अनुसन्धान गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर