नेपाललाई वेस्टइन्डिज ‘ए’ को १ सय ६१ रनको लक्ष्य

दोस्रो टी–२० खेलमा वेस्टइन्डिज ‘ए’ ले जितका लागि नेपाललाई १ सय ६१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको वेस्टइन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६० रन बनाएको हो ।

वेस्टइन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले ४३, गुडाकेस मोतीले ३३, रोस्टन चेजले २३ रन बनाए । नेपालका लागि सागर ढकालले २, कुशल भुर्तेलले २, सोमपाल कामीले १ र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।

नेपाल केही बेरमा जवाफी ब्याटिङमा उत्रिँदै छ ।

नेपाली टोलीमा रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, आकाश चन्द, लोकेश बम, सागर ढकाल छन् ।

वेस्ट इन्डिज ‘ए’ टोलीमा रोस्टन चेज (कप्तान), एलिक अथान्जे (उपकप्तान), केसी कार्टी, जोनसन चार्ल्स, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसेन थोमस र हेडन वाल्स छन् ।

वेस्टइन्डिज ‘ए’ सँगको शनिबारको पहिलो खेल नेपालले ४ विकेटले जितेको थियो । २०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । कप्तान रोहित पौडेलले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रन बनाएका थिए ।

दुई टोलीबीच तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *