नेप्से परिसूचक ७.८३ अंकले घट्यो

साताको तेस्रो कारोबार दिन बुधबार सेयर मापन गर्ने परिसूचक सामान्य अंकले घटेको छ। बुधबार दिनभरजसो नेप्सेपरिसूचक ६.४६ अंकले घटेर २०२६.५९ विन्दुमा झरेको छ। १५९ कम्पनीको सेयर घट्यो भने ८० कम्पनीको सेयर घट्यो। ९ कम्पनीको सेयर स्थिर रहयो।

बुधबार ६३ लाख ४१ हजार १ सय ७४ कित्तासेयर किनबेच हुँदा दुई अर्ब २४ करोड १९ लाख ६१ हजार ७ सय ९९ रुपैयाँको सेयर कारोबार भयो। नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्सेका तीनवटै सूचक घटेर राताम्मे भयो। सेन्सेटिभ सूचक १.२४ अंकले घट्यो। फ्लोट सूचक  ०.५१ अंक र सेन्सेटिभ फ्लोट सूचक पनि ०.५२ अंकले घट्यो। नेप्सेका १३ उपसमूहमध्ये बुधबार १२ उपसमूह घट्यो भने एक उपसमूह बढ्यो।

सबैभन्दा धेरै घट्ने उपसमूहमा होटल तथा पर्यटन रह्यो। सो उपसमूह ३८.३८ अंकले घटेको छ। निर्जीवनबीमातर्फ ३२.५६ अंकले घट्यो। अर्कोतर्फ २९.५५ अंकले घट्यो। बुधबार सवैभन्दा धेरै सेयर बढ्ने  उपसमूहमा उत्पादन तथा प्रशोधनतर्फ १६३.६२ अंकले बढ्यो। बुधबार  तीन कम्पनीको सेयर १० प्रतिशतले बढेको छ। जसमा बोटलर्स नेपाल कम्पनी,  हिमालय  ऊर्जा  विकास र समाज लघुवित्त कम्पनी रह्यो। बुधबार सवैभन्दा धेरै सेयर घट्ने कम्पनीमा पिपुल्स हाइड्रोपावर कम्पनी रह्यो।

जसको सेयर ७.८४ प्रतिशतले घट्यो। त्यसैगरी हिमालयन हाइड्रोपावर कम्पनीको सेयर ४.२६ प्रतिशत र त्रिशुली जलविद्युत् कम्पनी ४.२३ प्रतिशतले घट्यो। आइतबार एक करोड सात लाख ७२ हजार चार सय ८३ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ७७ करोड ५४ लाख २२ हजार १९६ रुपैयाँको सेयर कारोबार भयो।

सोमबार भने प्रजातन्त्र दिवस भएकाले पनि सेयर कारोबार भएन्। साताको तेस्रो कारोबार दिन मंगलबार नेप्सेपरिसूचक १.७६ अंकले घटेर २०३३.०६ विन्दुमा झरेको छ। मंगलबार १५० कम्पनीको सेयर घट्यो भने ९० कम्पनीको सेयर बढ्यो। नौ कम्पनीको सेयर स्थिर रह्यो। मंगलबार ९३ लाख ४२ हजार पाँच सय ४६ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ११ करोड ३५ लाख ५६ हजार नौ सय ७८ रुपैयाँको सेयर कारोबार भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर