परराष्ट्रमन्त्री साउद अयाेध्या जाँदै, यी पाँच आभूषण समर्पण गर्ने

भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री एनपी साउद आज अयोध्या जाने भएका छन् । रायसिना डायलगमा सहभागी भई परराष्ट्र मन्त्री अयोध्या पुग्ने कार्यक्रम रहेको छ। उनी बिहान ११ बजे दिल्लीबाट विशेष विमानले अयोध्या पुग्ने छन् ।

परराष्ट्र मन्त्रीलाई अयोध्या स्थित महर्षि बाल्मीकि अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तरप्रदेश सरकारका मन्त्रीहरू, अयोध्याका वरिष्ठ पुलिस र प्रशासनका अधिकारीहरूले स्वागत गर्ने कार्यक्रम रहेको छ। विमानस्थलबाट सोझै उनी भगवान श्रीराम जन्मभूमि मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको छ। साउद अयोध्यामा मन्दिर दर्शन गर्ने सरकारका पहिलो प्रतिनिधि हुनेछन्।

मन्दिर प्रांगणमा श्रीराम जन्मभूमि तीर्थक्षेत्र ट्रस्टका महासचिव चंपत राय सहित अन्य पदाधिकारीहरूले स्वागत गर्ने छन्। रामललाको दर्शनको क्रममा त्यहांका मुख्य पुजारीले विशेष पूजा गराउने जानकारी दिइएको छ। परराष्ट्रमन्त्री साउदले मन्दिरमा दर्शन पछि नेपाली जनताको तर्फबाट पाँच प्रकारको विशेष गहना रामललाको प्रतिमाको लागि अर्पण गर्ने छन्।

चांदीले बनाइएका ती आभूषणहरूमा तीर धनुष, गदा र श्रृंगारका सामानहरू छ। त्यसैगरि सरयू घाटमा सांझ हुने संध्या आरतीमा परराष्ट्रमन्त्री सहभागी हुने कार्यक्रम छ। यो संगै उनले अयोध्यामै रहेको हनुमानगढीमा पनि विशेष पूजा गर्ने कार्यक्रम छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *