अमेरिकी सेनाका इण्डो प्यासिफिक कमाण्डर काठमाडौंमा

अमेरिकी सेनाको इण्डो प्यासिफिक कमाण्डका प्रमुख एड्मिरल जोहन सि अक्विलिनो शनिवार साँझ काठमाडौं आइपुगेका छन् ।

जनरल जोहन सि अक्विलिनो श्रीमतीसहित वायुसेनाको विमानमा शनिवार साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्

कमाण्डर अक्विलिनो पाँचखालमा मंगलबारदेखि आयोजित ‘अभ्यास शान्ति प्रयास’ को चौथो संस्करण अवलोकनका लागि आएका हुन् । आगामी मार्च ४ तारिखसम्म हुने विशेष सैनिक अभ्यासमा नेपाल, अमेरिकालगायत विश्वका डेढ दर्जन मुलुकका सेनाको सहभागिता छ । ग्लोबल पिस अपरेशन इनिसियटिभ समेतको संयुक्ता आयोजनामा यो अभ्यास भइरहेको हो ।

काठमाडौं आएको अमेरिकी वायुसेनाको कल साइन एसपीएआर १३ विमानमा १८ जना सैन्य टोली र चार जना चालक दलका सदस्य छन् । टोलीमा श्रीमती लौरा अक्विलिनो, क्याप्टेन मेल्भिन स्मिथ, लेफ्टिनेन्ट कर्नेल नोर्म रेनफ्रो, रिच बेरी, जेसन मोब्ले, कार्ल गारमन, एण्ड्रयु फ्रेल, डा ओलिभर लि छन् ।

त्यस्तै क्याप्टेन कैली रेन्स, स्यानोन स्मिथ, डेभिड रोड्रिगेज, ग्यारेट अथर्ले, डाइजिरो कानासे, डेभिड रान्ज, डेभिड इसोम, क्रिस्टल सिमान्स्की र ह्यामिल्टन रुल्लान कन्ट्ेरास पनि सोही उडानमा यता आएका हुन् ।

जर्नेल अक्विलिनो उच्चस्तरीय भेटघाटमासमेत व्यस्त भएर सोमबार फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर