संसदमै पर्यटनमन्त्री किरातीलाई १८ करोड कमिसनको आरोप

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले संसदमै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जहाज खरिदमा १८ करोड रुपैयाँ कमिसन खान लागेको आरोप लगाएका छन् । उनले मन्त्री किराती सस्तो लोकप्रियताका लागि काम गरिरहेको दाबी समेत गरे । ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद खतिवडाले थ्रि हन्ड्रेड जी जहाज किनेर १८ करोड रुपैयाँ कमिसन खाने काममा किराती लागेको आरोप लगाए । उनले पर्यटनमन्त्रीले नेपाल एयरलाइन्सलाई के गर्न खोज्नुभएको हो? भन्दै प्रश्न समेत गरे ।

उनले जहाज किन्न नसक्ने अवस्था रहेको बेलामा जहाज किन्नु कति जायज भएको प्रश्न सोध्दै उत्पादन नै बन्द भइसकेका जहाज ल्याएर नेपाल एयरलाइन्सलाई कहाँ पु¥याउन खोजिएको भन्ने बारेमा सरकारले गम्भीर ध्यान दिन आवश्यक रहेको बताए ।

आफ्नो मन्त्रालयको कार्यकक्ष सफा गर्न क्यामेरा लिएर जाने र भिडियो हालिदिएपछि सबैभन्दा क्रान्तिकारी र राम्रो मन्त्री हुने हो भने देश विकास कसरी हुनसक्छ ? उनले संसदमा सोधे ।

सांसद खतिवडाले सरकारले सुशासनको नाममा ल्यारक्याल लामा जस्ता व्यक्तिलाई लुम्बिनी विकास कोषमा नियुक्ति गरेको बताए। उनले शान्तिका दुतको क्षेत्रमा लकरमा गोली राख्ने मानिसहरुलाई नियुक्ति गर्नु लज्जाजनक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *