भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणमा सरकारले चासो नदिएको सत्तापक्षकै सांसदको आरोप

राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले सरकारले पश्चिमी भागका भूकम्पपीडितहरुको अस्थायी आवासमा आवश्यक ध्यान दिन नसकेको भन्दै समयमा गम्भीर बन्न ध्यानाकर्षण गराएका छन् । सोमबारको राष्ट्रिय सभा बैठकमा माओवादीका सांसद मायाप्रसाद शर्माले सरकारले बेलैमा आवश्यक ध्यान दिन नसकेको बताएका हुन् ।

उनले भूगर्भको अध्ययन गरी पश्चिम रुकुम र जाजरकोटमा भूकम्प पीडितमा परेको समस्या समाधान गर्न जरुरी रहेको बताए । भौतिक संरचनाहरु क्षतविक्षत भएका, पानीको मूल सुकेको, विद्यालयहरु क्षतविक्षत भएको, विद्युत् लाइन जोड्न अझै नसकिएको र सञ्चारको समस्या उस्तै रहेको भन्दै उनले सरकारले विशेष ध्यानाकर्षण गराए ।

उनले भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको काममा अझै ढिलो गर्ने हो भने झनै समस्या निम्तिने बताए ।

‘पश्चिम रुकुम र जाजरकोटमा भूकम्प पीडितमा जुन प्रकारको समस्या देखिएका छन् । यसमा धेरै जनधनको क्षति भएको छ । विद्यालयहरु क्षतविक्षत छन् । पानीको मूल सुकेको छ । विद्युत् लाइन जोड्न सकिएको छैन । सञ्चारको समस्या त्यस्तै छ । त्यसको पुनःनिर्माण हामीले ढिलाइ गर्नु हुँदैन । अब ढिलो भए भने जनताले धेरै नै दुःख पाउनेछन् । केही अभावहरु छन् । माथिबाट रकम जाने, प्रदेश र स्थानीय तहले पहलकदमीमा कमजोरी गरेको देखिन्छ । कर्मचारीहरुमा नीतिगत व्यवस्था, वित्तीय र सांगठनिक सुदृढीकरण गर्न जरुरी छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर