प्रधानसेनापति र अमेरिकी एड्मिरल जोहन सि अक्विलिनोबिच भेटघाट

प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी सेनाको इण्डो प्यासिफिक कमाण्डका प्रमुख एड्मिरल जोहन सि अक्विलिनोबिच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।

प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको भेटघाटमा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सञ्चालन भइरहेको बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास–४ लगायत आपसी चासोका विषयमा छलफल भएको सेनाले जनाएको छ ।

नेपालको तीनदिने भ्रमणमा शनिवार आएका एड्मिरल अक्विलिनो लाई जङ्गी अड्डामा प्रधान सेनापतिले स्वागत गरेका थिए । उनको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

ग्लोबल पिस अपरेशन इनिसियटिभ को सहयोगमा नेपाली सेना तथा अमेरिकी सेनाको सहकार्यमा मिति ८ फागुनदेखि २ हप्ता अवधिको शान्ति स्थापना सम्बन्धी बहुराष्ट्रिय अभ्यास शान्ति प्रयासको चौथो संस्करण वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सञ्चालन भइरहेको छ । एड्मिरल अक्विलिनो ले १९ देशका सैनिकहरू सहभागी रहेको उक्त अभ्यासको अवलोकन गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर