सार्वजनिक ऋणको साँवा र ब्याज तिर्नै १ खर्ब चाहिने

सार्वजनिक ऋणको भार थपिँदै गएपछि आगामी आर्थिक वर्षमा मात्र साँवा र ब्याज तिर्न १ खर्ब रुपैयाँ आवश्यक पर्ने भएको छ । सार्वजनिक ऋण २४ खर्ब पुगेकाले सोको साँवा र ब्याज तिर्न आगामी आर्थिक वर्षमा १ खर्ब रुपैयाँ आवश्यक पर्ने भएको हो ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट सिद्धान्त र प्राथमिकताका सम्बन्धमा जानकारी दिँदै भने, ‘बर्सेनि सार्वजनिक ऋणको दायित्व बढ्दै गएकाले चुनौती थपिएको छ ।’

सार्वजनिक ऋण बढे पनि पुँजीगत खर्चको प्रभावकारिता वृद्धि गर्न गरिएको पहल, मौद्रिक र वित्तीय नीतिबीच तादम्यता मिलाउन गरिएको पहलले अर्थतन्त्र सहज भएको दाबी भने उनले सदनमा गरेका थिए ।

उनका अनुसार घरजग्गा कारोबार र पुँजीबजार सुधारोन्मुख भएको छ । यसैगरी, विदेशी विनिमय पर्याप्तता, राजस्व वृद्धिदर १० प्रतिशत जस्ता कारणले देशको अर्थतन्त्र सुध्रिँदै गएको दाबी उनको छ । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर