रास्वपाले हटायो अनियमिततामा मुछिएका महामन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टीले अनियमिततामा मुछिएको भन्दै कोशी महामन्त्री लालविक्रम थापालाई जिम्मेवारीबाट हटाएको छ ।

थापाले सनमुन प्लाजाका नाममा सुनसरीको इटहरी उपमहानगरपालिका–९ स्थित जनता माध्यमिक विद्यालयको जग्गा भाडामा लिएर ५ वर्षसम्म भाडा नतिरेको आरोप थियो । सोही कारण प्रदेश समितिले उनलाई स्पष्टीकरण सोधेको थियो । तर, थापा नै सामाजिक सञ्जालमार्फत आरोप प्रत्यारोपमा उत्रिएपछि समितिले विज्ञप्ति जारी गर्दै उनलाई निलम्बित गरेको जानकारी दिएको हो ।

रास्वपाले कर्णालीको सबै समिति नै विघटन गरेको छ । प्रदेश समिति र जिल्ला समितिहरुले संगठन विस्तार गर्न नसकेको भन्दै विघटन गरेको हो । कर्णालीमा धिरज वली सभापति रहेको समिति थियो ।

यस्तै, गण्डकी र सुदूरपश्चिम प्रदेशका महामन्त्रीलाई पनि रास्वपाले यसअघि हटाएको थियो । कार्यसम्पादन कमजोर रहेका गण्डकीका अशोक खड्का र सुदूरपश्चिमका भोजराज जोशीलाई जिम्मेवारीबाट हटाएको हो । खड्काले समय नदिएको, गुट बनाएकोलगायत आरोप थियो । सोही कारण उनी गत मंसिर ५ मा बर्खास्तीमा परेका थिए भने नवीन त्रिपाठीलाई उक्त जिम्मेवारी दिइएको थियो । सुदूरपश्चिममा जोशीको स्थानमा पारस बाहुनले जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *