आगामी वर्षको सिद्धान्त र प्राथमिकतामा नयाँ केही आएन: एमाले

राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद देवेन्द्र दाहालले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को सिद्धान्त र प्राथमिकतामा नयाँ कार्यक्रमहरु नभएको बताएका छन ।

बिहीबार राष्ट्रिय सभा बैठकमा उनले सरकारले ल्याएको सिद्धान्त र प्राथमिकता गत वर्षको कपि पेस्ट जस्तो मात्र लाग्ने बताए । सिद्धान्त र प्राथमिकतामा नयाँ भिजनका केही पनि कार्यक्रम नभएको उनको आरोप छ ।

उनका अनुसार देशको समृद्धिसम्बन्धी व्यवस्थित योजना नरहेको, अर्थतन्त्रका आजका समस्या र समग्र देशका समस्या समाधान गर्ने ल्याकत बोक्न नसकेको, आजका अर्थतन्त्रमा देखिएका चुनौतिको सामना गर्नसक्ने सिद्धान्त र प्राथमिकता छैन ।

‘के सरकारले प्रस्तुत गरेका सिद्धान्त र प्राथमिकताको बारेमा सांसदहरुले सघन छलफल गर्न पाउलान् ? यो प्रश्न कायम नै छ । के सांसदहरुले राखेका विषयले स्थान पाउला ? के सिद्धान्त र प्राथमिकताको आधारमा नै बजेट बन्छ कि बन्दैन ? यो परम्परागत भन्दा भिन्न छ होला ? गठबन्धनका मन्त्री, पहुँचवाला सांसदभन्दा माथि उठेर प्राथमिकता र सिद्धान्तअनुसार बजेट आउला ?’ उनले प्रश्न गरे ।

उनले भने, ‘के यसले लघुवित्त र सहकारी पीडितहरुको समस्या समाधान गर्नसक्छ ? आज उहाँहरु सडकमा हुनुहुन्छ । यो सिद्धान्त र प्राथमिकता पेस गर्दैगर्दा भोलि आउने बजेटले यी सबै कुरालाई समेट्न सक्छ कि सक्दैन । यी सबै प्रश्नहरु प्रश्नकै घेराभित्र छन् । सरकारले ल्याएको सिद्धान्त र प्राथमिकता गत वर्षको कपि पेस्ट जस्तो मात्र लाग्छ । नयाँ भिजनका साथ केही कार्यक्रम देखिँदैन । देशको समृद्धि सम्बन्धित व्यवस्थित योजना देखिँदैन, अर्थतन्त्रका आजका समस्या र समग्र देशका समस्या समाधान गर्ने ल्याकत यसले बोकेको देखिँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *