निजी क्षेत्रलाई नियमन गर्ने ‘ओभरसाइट एजेन्सी’ धेरै हुनु हुँदैनः निजी क्षेत्र

निजी क्षेत्रले मुलुकमा भएका सबै राजनीतिक दलको आर्थिक मुद्दामा एकरुपता हुनुपर्ने बताएको छ । यस्तै निजी क्षेत्रलाई नियमन गर्ने ओभरसाइट एजेन्सी धेरै भएकोमा समेत निजी क्षेत्रले आपत्ति जनाएको छ ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठक बोल्दै सबै निजी क्षेत्रका प्रतिनिधिहरुले यस्तो धारणा राखेका हुन् । उनीहरुले फरक–फरक सिद्धान्त बोकेका राजनीतिक दलहरु भएपनि मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउने विषयमा एकरुपता हुनुपर्नेमा जोड दिए ।

उनीहरुले सरकारले मुलुकभित्रका उद्योगी व्यवसायीहरुलाई लगानी गर्ने वातावरण र विश्वास दिलाए मात्रै मुलुक आर्थिक रुपमा समृद्ध हुनसक्ने दाबी गरे । उद्योगी व्यवसायीहरुले सरकारले निजी क्षेत्रको कन्फिडेन्ट उच्च बनाउनको लागि वर्तमान समस्या समाधान गरी आवश्यक नीतिगत सुधार गर्न आवश्यक रहेको बताए । व्यवसायीहरुले राजश्व अनुसन्धान र सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागले व्यवसायीहरुलाई आतंकित बनाएको भन्दै कानूनी दोहोरो पनलाई हटाउन सांसदहरुसँग माग गरे ।

उनीहरुले निजी क्षेत्रलाई नियमन र अनुगमन गरी नियन्त्रण एकद्वारबाट गर्न आवश्यक रहेको धारणा राखे । उद्योगी व्यवसायीहरुको सम्पत्ती मूल्याङ्कन अभिलेखिकरण अहिलेसम्म नभएकाले सरकारले उद्योगी व्यवसायीहरुको सम्पत्ती अभिलेखिकरण गर्न पाउने व्यवस्था गर्न माग गरे ।

उनीहरुले उद्योगी व्यवसायीहरुलाई राजश्व अनुसन्धान, सम्पत्ती शुद्धीकरण र आन्तरिक राजश्व विभागले एउटै विषय हेर्दा व्यवसायीलाई सानो कर छलीमा पनि झन्झट भएको भन्दै सहजिकरण गर्नुपर्ने माग राखे । कालोधन राजश्व अनुसन्धानले र सम्पत्ती शुद्धीकरण गरेको मुद्दा हेर्ने व्यवस्था हुनुपर्ने धारणा राखे । उनीहरुले कर छली कुन निकायले नियमन गर्ने ऐनमा स्पष्ट हुन आवश्यक रहेको भन्दै देवानी र फौजदारी अन्तर्गत पर्ने दायित्व स्पष्ट हुन जरुरी रहेको बताए ।

समिति बैठकमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय निजी क्षेत्रको आत्मविश्वास साँच्चै कमजोर भएको बताए । उनले अहिले समस्या सम्बोधन गर्ने भन्दा पनि चर्चाका लागि सरकारले काम गरिरहेको आरोप लगाए ।

 

समिति बैठकमा बोल्दै नेपाल उद्योग परिसंघ अध्यक्ष राजेश अग्रवालले अर्थतन्त्रमा ठूलो समस्या रहेको बताए । उनले आयात घटेको र माग घटेका कारण उद्योगीहरू लगानी बिस्तार गर्ने मनस्थितिमा नरहेको उल्लेख गरे।

 

त्यस्तै,नेपाल चेम्बर अफ कमर्स अध्यक्ष राजेन्द्र मल्लले उद्योगी व्यवसायीलाई राज्यबाट धेरै नियमन भएको बताए । उनले उद्योगी–व्यवसायीको आत्मशक्ति क्षीण भएको अवस्था रहको बताए ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर