संसदमा एमालेले भन्यो– प्रधानमन्त्रीको खोजी गरिपाऊँ

प्रमुख प्रतिपक्ष दल एमालेले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको खोजी गरेको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल अनुपस्थित भएको भन्दै खोजी गरेको हो । बैठकमा बोल्दै एमाले सांसद सूर्यबहादुर थापाले प्रधानमन्त्री र मन्त्रीहरुलाई खोजी गर्नुपर्ने बताए ।

उनले सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्ने भएपनि सरकार जवाफदेहि नभएको बताए । उनले बालकुमारी घटनामा दोषी करार भएका मन्त्रीलाई राजीनामा गर्न अथवा बर्खास्त गर्न प्रधानमन्त्रीलाई के ले रोकेको छ भनी प्रश्न समेत गरे ।

उनले सरकारमाथि उठेका विभिन्न प्रश्नहरुको सन्दर्भमा सरकार जवाफदेही हुनुपर्ने भए पनि सरकार हराएको भन्दै प्रधानमन्त्रीको खोजी गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने हो कि संसद स्थगित गर्नुपर्ने हो भनेर पनि प्रश्न गरे ।

‘आज प्रधानमन्त्री आउनुभएको हामीले जानकारी पाएनौं । प्रधानमन्त्रीज्यु छोरीको नगरपालिकातिर कता हुनुहुन्छ भन्ने हामीले सञ्चार माध्यमबाट सुनेका छौँ । प्रधानमन्त्रीको खोजी गर्नुप¥यो । मन्त्रीहरुको खोजी गर्नुप¥यो । र यो सरकारलाई संसदप्रति जवाफदेही बनाउनुप¥यो । सरकार संसदप्रति जवाफदेही भएन । बालकुमारी घटनामा दोषी करार भएका, सरकारी छानविन समितिले नै दोषी ठहर गरेका मन्त्रीलाई राजीनामा गर्न वा राजीनामा नगरे बर्खास्त गर्न प्रधानमन्त्रीलाई के ले रोकेको छ ? यो संसदमा आएर जवाफ दिन के ले रोकेको छ ? लघुवित्त, मिटरब्याज, सहकारी पीडितहरु राजधानीमा मेचीदेखि महाकालीबाट हिँडेर आउनुभएको छ । उहाँहरुमाथि विभिन्न ढंगको दमन भएको छ । यो खालको स्थिति छ । यो बारेमा सम्पूर्ण विषयमा सरकार जवाफदेही भएन । सरकार हरायो । प्रधानमन्त्री हराउनुभयो । प्रधानमन्त्रीको खोजी गर्नुप¥यो । प्रधानमन्त्री खोजी गर्नका निम्ति यो संसदले एउटा उच्चस्तरिय समिति बनाउनुपर्ने हो कि ? संसद स्थगित गर्नुपर्ने हो कि ? कतिदिन समय चाहिने हो ? म ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने ।

उनले काठमाडौंस्थित सुन्धारामा स्वरोजगार मजदुरहरुलाई आक्रमण गरिएको भन्दै खेद प्रकट गरे । उनले घाइतेहरुको उपचारको माग पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर