दशरथ रंगशाला र च्यासलमा पनि अभ्यास गर्न पाएनौँ : प्रशिक्षक तामाङ

नेपाली महिला फुटबल टोलीका प्रमुख प्रशिक्षक राजेन्द्र तामाङले राम्रो फुटबल मैदानमा अभ्यास गर्न नपाउँदा उपाधिबाट चुक्नुपरेको बताएका छन् ।

वाफ च्याम्पियनसिपको उपविजेता बनेर फर्किएको नेपाली टोलीका बारेमा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपालमा पनि दशरथ रंगशाला र च्यासलमा समेत अभ्यास गर्न नपाएको गुनासो गरे । उनले फाइनल खेलमा सावित्रा भण्डारी नभएका कारण पनि उपाधि जित्न असर परेको बताए । उनले साम्बा नभएसँगै जोर्डन नेपालमाथि केही हाबी भएको बताए ।

उनले भने, ‘आफैँले प्रयास गरेको हो, उहाँहरुले अनुमति दिनुभयो । साफसम्म गर्ने सोच बनाएको छु । तर के गर्नुहुन्छ । साम्बा नभएपछि कमी महशुस भयो । साम्बा नहुने बित्तिकै अघि बढ्न सकेनौँ । साम्बा भएको भए गेम नै जित्छाँै । दशरथ रंगशाला र च्यासलमा अभ्यास खेल खेल्न पाइएन । त्यस्तो मैदानमा खेल्ने हो भने यसरी हुँदैन । दिनको एक पटक अभ्यास गर्नुपर्छ ।’

वाफ च्याम्पियनसिपको उपविजेता नेपाल शुक्रवार राति स्वदेश फर्किएको हो । नेपाल फाइनलमा जोर्डनसँग ट्राइबेकरमा ५—३ ले पराजिच भएको थियो । नेपाल पहिलो सहभागितामै उपविजेता बनेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर