भृकुटीमण्डपमा भाडा तिर्न अटेर, उठेन साढे छ करोड

काठमाडौँको भृकुटीमण्डपमा रहेको समाज कल्याण परिषद्को जग्गा प्रयोगकर्ताले राजनीतिक पहुँचका आडमा विगत ३० वर्षदेखि भाडा तिर्न अटेर गर्दै आएको पाइएको छ ।

भृकुटीमण्डप परिसरमा विभिन्न ४२ सङ्घसंस्था र व्यक्तिले प्रयोग गरेको स्टल तथा भवन एवं मेला, प्रदर्शनी आदि गरेबापतको भाडा तिर्न अटेर गरेका छन् । गत असार मसान्तसम्मको तथ्याङ्क अनुसार उनीहरूबाट करिब छ करोड ५३ लाख रुपियाँ उठ्न बाँकी छ ।

परिषद्का प्रशासन प्रमुख दुर्गाप्रसाद भट्टराईले राजनीतिक दलका नेतादेखि पत्रकार तथा कर्मचारीका संस्थासम्मले भाडा तिर्न अटेर गर्दै आएको बताउँदै भने राजनीतिक शक्तिको आडमा उठाउन सकेका छैनौँ । बारम्बार ताकेता गर्दा पनि अटेर गर्दै आएका छन् ।

बक्यौता असुल गर्न परिषद्ले गत पुस २१ गते निर्णय गरेको थियो । यही फागुन ११ गते अटेर गर्नेहरूलाई भाडा तिर्न परिपत्र गरिएको छ । उहाँले अब भाडा उठाउन रीतपूर्वक प्रक्रियामा लाग्ने बताए । त्यसका लागि २१ दिनको म्याद दिइएको छ । त्यस बेलासम्म पनि भाडा नतिरे गोरखापत्रमा ३५ दिनको सूचना प्रकाशित गरेर कानुनबमोजिम असुल उपर गर्ने छौँ उनले चेतावनी दिए ।

प्रायःको गत २०५० देखि २०६२र६३ साल अघिसम्मको पनि बक्यौता बाँकी छ । भाडा लिएर सम्झौता गर्नेहरूलाई पटक पटक सम्पर्क गर्दा उनीहरूको फोन नै नलाग्ने गरेको परिषद्का अधिकारीहरूले बताए । सम्पर्कविहीन भएका नौ व्यक्ति र संस्थालाई हुलाकमार्फत पत्र पठाएर बक्यौता तिर्न सूचित गरिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर