नयाँ गठबन्धनमा राप्रपा तत्काल सहभागी नहुने

बदलिएको सत्ता समीकरणमा देशको प्रमुख राजावादी शक्ति राप्रपा तत्काल सहभागी नहुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपासँग छलफल नै गरेका छैनन् ।

हिजो प्रधानमन्त्रीले एमाले, रास्वपा, जसपाका शीर्ष नेताहरूलाई बालुवाटार बोलाएर कुराकानी गरेका थिए । तर, राप्रपालाई बोलावट आएन ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठ पार्टी अहिले आन्दोलनमा रहेकाले सरकारमा जाने विषयमा कुनै सोच नबनाएको बताए ।

उनले भने, ‘हामीलाई प्रस्ताव पनि आएको छैन र हामीले तत्काल सोच पनि बनाएका छैनौँ । हामी अहिले आन्दोलनकारी दल हौँ । राष्ट्रिय शक्तिका बीचमा नवीन समझदारीको आवश्यकता छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *