प्रदेशमा पनि सरकार परिवर्तन हुने, यसरी हुनेछ मुख्यमन्त्रीको भागबण्डा

एमाले र माओवादीलगायत दलहरुको नयाँ गठबन्धनले प्रदेश सरकार पनि परिवर्तन गर्ने भएको छ ।

हाल प्रदेश सरकारमा कांग्रेस, माओवादी र जसपाका मुख्यमन्त्रीहरुको नेतृत्वमा सरकार छ । तर, नयाँ गठबन्धन भएसँगै अब ती प्रदेशमा कांग्रेसका स्थानमा एमालेका मुख्यमन्त्री आउने वा आलोपालो गर्ने भन्नेबारे दलहरुबीच छलफल चलिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले माओवादी, एमाले र रास्वपाका प्रमुख नेताहरुको बैठकले प्रदेशका मुख्यमन्त्रीहरु आलोपालोको आधारमा अगाडि तयारी गरेको माओवादी सचिव देवेन्द्र पौडेलले बताए ।
उननका अनुसार एमालेले ३ र माओवादीले २ वटा प्रदेशको नेतृत्व लिनेबारे दलहरुबीच प्रारम्भिक छलफल भइरहेको छ ।

बाँकी दुई प्रदेशको नेतृत्व गठबन्धनका अन्य दललाई दिने तयारी छ । राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षमा पनि नयाँ सहमति खोज्ने उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *