भक्तपुरको हनुमन्ते खोलामा पुरुषको शव फेला

भक्तपुरको हनुमन्ते खोलामामा स्कुटरसहित एक जना पुरुषको शव फेला परेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार आज बिहान सवा ६ बजे मध्यपुरथिमि नगरपालिका–९ राधेराधे स्थित हनुमन्ते खोलामा इलाम नगरपालिका–३ का २६ वर्षीय छत्र थापाको शव फेला परेको हो । उनी तीनकुनेमा बस्दै आएको प्रहरीले बताएको छ ।

प्रहरीले घटनास्लथलबाट बा८६प ९७३० को स्कुटी पनि फेला परेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र शव पोष्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पताल पठाइएको परिसरले उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *