मोरङमा सशस्त्रका डीएसपी झुन्डिएको अवस्थामा मृत फेला

मोरङमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) मृत फेला परेका छन् ।

धनपालथान गाउँपालिका–३ सोराभाग स्थित गुल्मका प्रमुख डीएसपी उपेन्द्र बस्याल आफ्नै क्वार्टरमा झुन्डिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरी प्रवक्ता राजेन्द्र खड्काले पर्दाफासलाई जानकारी दिए । ‘घटनाबारे थप अनुसन्धान गर्दै छौं,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नवराज कार्कीले डीएसपी बस्याल झुन्डिएको अवस्थामा फेला परेको पर्दाफासलाई जानकारी दिए । ‘आज दिउँसो ३ बजेतिर हामीलाई जानकारी आएको थियो । बाहिर झ्यालबाट हेर्दा क्वार्टरको किचनको सिलिङ फ्यानमा प्लास्टिकको डोरी लगाएर झुन्डिएको देखिएको छ,’ कार्कीले भने ।

उनले क्वार्टरको ढोका खोलेर भित्र नगइसकेको र बस्यालका आफन्त आएपछि प्रक्रिया अघि बढाउने बताए । बस्याल प्रस्तावित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म सोराभागमा कार्यरत थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर