लगानी सम्मेलनका लागि रवि सिंहको यस्तो छ पाँच सुझाव

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले लगानी सम्मेलन सफल बनाउन निर्माण क्षेत्रलाई चलायमान बनाउन आवश्यक रहेको बताएका छन् ।

अध्यक्ष सिंहले लगानी सम्मेलनमार्फत लगानी आउने क्षेत्रमा सबैभन्दा लाभ लिने निर्माण उद्योग चलायमान बनाउन आवश्यक रहेको बताएका छन् । उनले लगानीको लाभ लिने निर्माण उद्योगमा नै निराशा छाएको अवस्थामा लगानी सम्मेलन सफल हुन नसक्ने बताए ।

अध्यक्ष सिंहले लगानी सम्मेलन सफल बनाउनको लागि निर्माण उद्योगका समस्या सरकारले तत्काल समाधान गर्नुपर्ने सुझाव दिए । निर्माण व्यवसायीहरुको हारेको मनोबलले लगानी सम्मेलनको महत्व सफल नहुने अध्यक्ष सिंहको भनाइ छ ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले निर्माण उद्योग समस्याग्रस्त र भौतिक पूर्वाधारको काम गर्ने वातावरण नबनेको अवस्थामा सरकारले गर्ने लगानी सम्मेलन सफल हुन नसक्ने दाबी गरे । अध्यक्ष सिंहले निर्माण क्षेत्र चलायमान नभएको अवस्थामा नेपालमा लगानीकर्ता आकर्षित हुन नसक्ने बताए ।

उनले नेपालमा भइरहेको लगानी सुरक्षित नभएर निर्माण व्यवसायीहरु समाप्त भइरहेको अवस्थामा विदेशी लगानीकर्ताले लगानी सम्मेलनमा आएका लगानीकर्तालाई विश्वास दिलाउन सक्ने अवस्था नभएको दाबी गरे । उनले सरकारले लगानी सम्मेलनमा विदेशी लगानीकर्तालाई प्रस्तुत गर्ने परियोजनाहरु नै नभएको बताए ।

अध्यक्ष सिंहले नेपालमा हरेक वर्ष भएका लगानी सम्मेलनको उपलब्धि शून्य रहेको भन्दै लगानी सम्मेलनबाट थप ऊर्जा आउने अनुभुति गर्नसक्ने अवस्था नभएको बताए । उनले २५ लाखलाई रोजगारी दिएर ८ खर्बको कारोबार गर्ने निर्माण उद्योगको नै मनोबल कमजोर अवस्थामा रहेको जिकिर गरे ।

लगानी गर्ने लगानीकर्ता आए पनि लगानीकर्तालाई प्रोत्साहन र आकर्षण गर्ने वातावरण बनिनसकेको बताए । उनले नेपालमा ऐन, कानून र नियमहरु लगानी योग्य बनाउन आवश्यक रहेको बताए । विश्वमा सफल भएका निर्माण कम्पनी नेपालमा आएर असफल भएको भन्दै यो विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *