सुदूरपश्चिम सरकारबाट माओवादीका मन्त्री बर्खास्त

सुदूरपश्चिममा सहभागी माओवादी केन्द्रका मन्त्रीहरु बर्खास्त भएका छन् । केन्द्रमा बनेको नयाँ सत्ता समीकरणसँगै कांग्रेसका मुख्यमन्त्री बनेका कमलबहादुर शाहले माओवादीका नेताहरुलाई बर्खास्त गरेका हुन् ।

प्रदेश सरकारमा माओवादीबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकासमन्त्री झपट साउद र उद्योग राज्यमन्त्री गीतादेवी माल सहभागी थिए ।

गत वर्षको माघमा शाह नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो । त्यसको ३ महिनापछि माओवादी केन्द्रबाट मन्त्रीपरिषद्मा सहभागिता भएको थियो ।

प्रदेश सरकारमा नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका मन्त्री सहभागी छन् । यी पार्टीले समर्थन गरे मुख्यमन्त्री शाहलाई बहुमत पुग्ने समीकरण छ ।

सुदूरपश्चिममा कांग्रेसका १८, माओवादीका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४, राप्रपा १ र स्वतन्त्र १जना सांसद छन् भने एउटा सिट रिक्त छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर