कांग्रेसका कारण गठबन्धन तोड्नुपरेको भन्ने प्रधानमन्त्रीको भनाईलाई अस्वीकार गछौँ : कांग्रेस

नेपाली कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले असहयोग गरेर गठबन्धन तोड्नुपरेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको भनाईमा कुनै सत्यता नरहेको बताएका छन् ।

मंगलवार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी केन्द्रिय कार्य समिति बैठकलगत्तै सञ्चारकर्मीमाझ उनले सो प्रतिक्रिया दिएका हुन् ।

प्रवक्ता महतले काँग्रेस र काँग्रेसका मन्त्रीहरुले असहयोग गरेर गठबन्धन परिवर्तन गर्नुपरेको भन्ने प्रधानमन्त्री दाहालको भनाईलाई आफ्नो पार्टीले ठाडै अस्वीकार गर्ने बताए । आफूहरुलाई बहाना बनाएर प्रधानमन्त्री दाहालले गठबन्धन परिवर्तन गरेको उनको बुझाई थियो । प्रवक्ता महतले आफूले प्रधानमन्त्री दाहालकै निर्देशन अनुसार आगामी आर्थिक वर्षको बजेटका सिलिङ तोकेको पनि बताए ।

उनल भने, ‘यो सबै कुरा के हो भने अब गठबन्धन परिवर्तन गर्ने उहाँहरुको आफ्नो मक्सद होला । त्यसको चाहीँ कारण होला । तर हामी कारण होइन । नेपाली काँग्रेस र हामी कोही पनि मन्त्री कुनैपनि आधारमा कारण होइन । यो बहाना मात्रै हो । कपोलकल्पित हो । यसमा कुनै सत्यता छैन । ठाडै नेपाली काँग्रेस र हामीले अस्वीकार गर्छौं । र, उहाँको मक्सद अरु नै हो । हामीले असहयोग गरेर छोडेको भन्ने कुरामा कुनै सत्यता छैन ।’

प्रवक्ता महतले सत्तारुढ गठबन्धन परिवर्तन गर्ने मक्सद अरु नै केही भएको पनि दोहो¥याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *