लुम्बिनी सम्मेलन स्थगित भएपछि नोबेल पुरस्कार विजेताको भेला दिल्लीमा गरिँदै

लुम्बिनीमा सम्मेलन स्थगित भएपछि लरियट्स एन्ड लिडर्सले नयाँदिल्लीमा भेला आयोजना गर्ने भएको छ । उक्त संस्थाले आज विज्ञप्ति जारी गर्दै मार्च ११ मा नोबेल पुरस्कार विजेताहरु र विश्वव्यापी नेताहरुको भेला गर्ने जानकारी दिएको हो ।

संस्थाले विशिष्ट व्यक्तिहरुलाई लुम्बिनीमा प्रयास गरे पनि सम्भव नभएको उललेख गरेको छ । यस्तै, लुम्बिनीमा कार्यक्रम गर्न आफूहरुलाई लुम्बिनी र नेपाल सरकारले निमन्त्रण गरेको भन्दै संस्थाले यो कार्यक्रम नेपाल सरकार वा प्रदेश सरकारको नभएको पनि जनाएको छ ।

लुम्बिनी प्रदेशमा यही फागुन अन्त्यतिर ‘बालबालिका, विकास र शान्तिका लागि लरियट्स एन्ड लिडर्स अन्तराष्ट्रिय चौथो शिखर सम्मेलन’ आयोजना हुन लागेको थियो । तर, केन्द्रमा बनेको नयाँ सत्ता समीकरणको असरस्वरुप यो सम्मेलन स्थगित भएको हो।

लुम्बिनी प्रदेश सरकारको आयोजनामा यो सम्मेलन फागुन २८ र २९ दुई दिन सञ्चालन हुने तय भएको थियो । ९ जना नोबेल पुरस्कार विजेता र अन्य विशिष्ट विदेशी तथा स्वदेशी पाहुना आउने सम्मेलनको अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार भइसकेको थियो । तर, केन्द्रमा नयाँ गठबन्धन आएपछि यो सम्मेलन स्थगित गरिएको छ । यसले अन्तर्राष्ट्रिय क्षेत्रमा नकारात्मक सन्देश गएको सरोकारवालाको भनाइ छ । साथै, यसले नेपाल सरकारको कूटनीतिक कमजोरीलाई पनि देखाएको उनीहरुको भनाइ छ ।

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पछिल्लो राजनीतिक घटनाक्रमका कारण सम्मेलन हुन सक्ने अवस्था नरहेको बताएका छन् । प्रदेश सरकारले मन्त्रिपरिषद्बाट सम्मेलन स्थगितको निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर