पर्यटन र गृहमन्त्रीलाई भेट्न आएको युएईको उच्चस्तरीय टोली अलपत्र

राजनीतिक फेरबदलका कारण पर्यटन र गृहमन्त्रीलाई भेट्न आएको युएईको उच्चस्तरीय टोली अलपत्र परेको छ ।

गृह मन्त्रालयको हज कमिटी र पर्यटन मन्त्रीसँग भेटवार्ता गर्न आएको युएईको नागरिक उड्डयन आयोगका प्रमुख सैफ मोहम्मद अल सुवाइदीको नेतृत्वको टोलीको वार्ता अन्योलमा परेको हो ।

उक्त टोलीले नेपाल र दुबईबीच भइरहेको र आगामी दिनमा हुने थप उडानबारे छलफल तथा सम्झौता गर्ने कार्यक्रम थियो । १९ सदस्यीय युएईको टोली मंगलबार काठमाडौं आइपुगेको हो । उनीहरु शुक्रबार फर्कने कार्यतालिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *