जसपाबाट अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री बन्ने

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ । यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री बन्ने गरी सरकारमा जाने जसपाको कार्यकारिणी समितिले निर्णय गरेको हो ।

सत्ता गठबन्धनको बुधबारको बैठकले जसपालाई २ मन्त्रालय दिने निर्णय गरेको थियो । अध्यक्ष यादवसँगै अर्का एक जना जसपा नेता पनि मन्त्री बन्ने छन् । जसपाबाट अर्को मन्त्रीको रुपमा प्रदीप यादव र नवलकिशोर यादव मध्ये एक जना बन्ने सम्भावना भए पनि अझै टुंगो लागेको छैन ।

जसपाले मन्त्री टुंगो लगाउन नसक्दा बुधबार भएको मन्त्रिपरिषदमा सहभागी हुन सकेको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर