‘नेपाल चेम्बर एक्स्पो २०२४’ भृकुटीमण्डपमा सुरु

नेपाल चेम्बर अफ कमर्सको आयोजनामा ‘नेपाल चेम्बर एक्स्पो २०२४’ बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ ।

काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा सुरु भएको चेम्बर एक्स्पोको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गरे । एक्स्पो क्रममा श्रममन्त्री अर्यालले मुलुकमा रोजगारी सिर्जना गर्ने निजी क्षेत्रले नै गर्नुपर्ने बताए ।

मुलुकको वर्तमान अर्थतन्त्र निजी क्षेत्रले नै चलायमान बनाउनुपर्ने र निजी क्षेत्रलाई सरकारको सहयोग र साथ रहने उनको भनाइ थियो । चेम्बरले विदेशमा व्यापारको लागि बनाएको आपसी सम्बन्ध मुलुकको हितमा रहेको मन्त्री अर्यालले बताए ।

अर्यालले अर्थतन्त्र सिथिल अवस्थामा रहेको बताउँदै मुलुकको आन्तरिक उत्पादन विदेशी बजारमा निर्यात गर्न आवश्यक रहेको जनाए । चेम्बरले गरेको यस्ता मेलाले नेपाली उत्पादनमा लाग्ने युवा उद्यमीहरुको लागि संयोग र अध्ययन गर्ने अवसर दिने उनको भनाइ थियो ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले विदेशहरुमा समेत नेपाली उत्पादनहरुको मेला आयोजना भए नेपाली उत्पादनहरु निर्यातको बाटो खोल्नु बताए । उनले यस्तो कार्यले निजी क्षेत्रमा प्रविधि भित्र्याउने अवसर प्रदान हुने विश्वास लिएको र चेम्बरले व्यापार प्रवद्र्धन र उत्पादन निर्यातमा विशेष जोड दिएको बताए ।

प्रदर्शनीमा अटोमोबाइल, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स सामान, फर्निसिङका सामान, घरायसी उपकरण, कपडा, मोबाइल, जलविद्युत्, हस्तकला, छाला तथा जुत्ता, कस्मेटिक सामान, जडीबुटी, आयुर्वेद तथा विभिन्न रैथाने खाद्यान्न बिक्रीका लागि राखिएका छन् । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनी तथा व्यवसायीको सहभागिता रहेको प्रदर्शनीमा कुल १ सय ६० ‘स्टल’ छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *