गठबन्धनलाई लिङदेनको चेतावनीः राप्रपा चाहियो भन्ने दिन नआओस्

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सत्ता केन्द्रित यो चलखेलमा सहभागी नहुने निर्णय गरिसकेको पार्टीलाई सत्तामा जान खोजेर पनि सकेन भन्ने भ्रम नछर्न आग्रह गरेका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले राप्रपा पनि सरकारमा सहभागी हुन इच्छुक नरहेको बताए । उनले राप्रपालाई सत्तामा नलिने भन्नेकुरा कतिपय पार्टीहरुले गर्वका साथ भनिरहेको कुरालाई आफ्नो पार्टीले नोटिसमा राखेको बताए ।

केही दिनपछि नै राप्रपा चाहियो भन्ने दिन आउने अवस्था नबनाउन चेतावनी दिए ।

‘हामी यो सत्ता केन्द्रित चलखेलमा सामेल छैनौं । राप्रपाले सहभागी हुन खोजेर पनि नसकेको हो भन्नेकुराको भ्रम नरहोस् । त्यसलाई नोटिसमा राखेका छौँ । तपाईको यो गठबन्धनले पर्सि नै राप्रपालाई खोज्नुपर्ने दिन नआओस् । हामी यो सत्ता केन्द्रित यो चलखेलमा सहभागी नहुने निर्णय गरिसकेको पार्टी हो,’ उनले भने ।

उनले समग्र देशको अवस्था ठीक नरहेको बताउँदै यो अवस्था हुनुमा अहिलेको व्यवस्था दोषी रहेको जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर