मिटरब्याज पीडितको निश्चित ऋण मिनाह गर्न प्रधानमन्त्रीलाई बाबुरामको आग्रह

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिटरब्याज पीडितहरुको निश्चित ऋण मिनाह गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेका छन् ।

बिहीबार काठमाडौंमा मिटरब्याजी पीडितको आन्दोलनलाई समर्थन गर्न पुगेका उनले जनयुद्धताका बनाइएका जाली र झुटो तमसुकहरु च्यातेको र आगो लगाएको स्मरण गर्दै तत्काल निश्चित ऋण मिनाह घोषणा गर्न आग्रह गरेका हुन् । उनले लिखित तमसुकहरु खोजेर कारबाहीको दायरामा ल्याउन पनि आग्रह गरे ।

नेपालका बैंकहरुमा ६० खर्ब पैसा रहेकाले त्यसमध्ये एक खर्ब रुपैयाँ गरिब किसानलाई बाँड्न आँट गर्न पनि उनले आग्रह गरेका छन् । मिटरब्याज पीडितहरुको विषयमा बनेका थुप्रै आयोगहरुको प्रतिवेदन सार्वजनिक नभएको भन्दै उनले गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको अयाोगको प्रतिवेदन सार्वजनिक गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *