नागरिकता प्रकरणमा वीरगञ्जका मेयर सिंहविरुद्ध प्रहरीमा जाहेरी

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध प्रहरीमा जाहेरी परेको छ । नागरिकता किर्ते कसुरमा सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा जाहेरी परेको हो ।

नक्कली कागजात पेश गरी एक किशोरीलाई नागरिकता दिलाएको आरोप उनीमाथि लाग्दै आएको थियो । पर्सा प्रहरीका डीएसपी कुमारविक्रम थापाका अनुसार लियाखत अलिले लिखत सम्बन्धी र नागरिकता सम्बन्धी कसुरमा दिएको जाहेरी आज दर्ता भएको हो ।

यस अघि पनि सिंहले किर्ते गरी नागरिकता दिलाएको भन्दै कारबाहीको माग गरी जिल्ला प्रशासन कार्यालय, पर्सामा समेतत उजुरी परेको छ । नक्कली बाबु बनेर एक युवतीलाई नागरिकता दिलाएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दर्ता भएको हो ।

नेपाली कांग्रेस पर्सा क्षेत्र नं. २ का सभापति मह्महद साहबुदिनले नगर प्रमुख सिंहले किर्ते गरेको भनी कारबाहीको माग गर्दै जाहेरी दर्ता गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *