शिवरात्री सुरक्षाका लागि उपत्यका प्रहरीले ४ हजार प्रहरी खटाउने

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले महाशिवरात्री पर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । कार्यालयका अनुसार उक्त पर्वको विशेष सुरक्षा योजनाअनुसार ४ हजार ९४ जना प्रहरी परिचालित हुने भएका छन् ।

कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार उपत्यका प्रहरी कार्यालयमातहतका उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाठौं समेत भई संयुक्त रुपमा एकीकृत सुरक्षा योजना नयार गरिएको हो ।

पशुपतिनाथ परिसरमा मेला समाप्त नहुन्जेल जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीको कमाण्डमा टोली खटिने भएको छ । मेलामा कर्डन, पिकेट, मोबाइल गस्ती, पैदल गस्ती स्टाइकिङ, ड्रोन, सीसीटीभी, बडी वर्न क्यामेरलगायत मार्फत निगरानी गरिने भएको छ । प्रहरी अस्पतालबाट चिकित्सकसहितको एम्बुलेन्स खटिने र तालिमप्राप्त उद्धारकमीलाई रिजर्भमा राखिने प्रहरीले जनाएको छ ।

प्रहरीले तीन सिफ्टमा गरी ३ हजार ७२ जना खटाउने भएको छ । यस्तै, कमान्ड पोस्ट, सादा पोसाकलगायतका गरी ४३९ जना, ट्राफिक व्यवस्थानबाट ५ सय ८३ जना रहनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *