आज पशुपति जाँदै हुनुहुन्छ? यस्तो छ ट्राफिक ब्यवस्थापन र यी स्थानमा राखिएको छ पार्किङ

महाशिवरात्रि पर्वको अवसरमा गौशाला स्थित पवित्र पाशुपत क्षेत्रमा बिहीवार रातीदेखिनै दर्शनार्थीहरूको भिडभाड छ । यसका लागि ट्राफिक प्रहरीले आवश्यकता अनुसार सवारी साधनलाई डाईभर्सनको प्रवन्ध गरेको छ ।

गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चावहिल, पुरानो(बानेश्‍वर, ज्ञानेश्‍वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाईभर्सन गरिने छ ।

त्यसैगरी मालवाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चावहिल, सिनामंगलपुल र बसुन्धाराबाटै डाईभर्सन गरिने भएको छ । गौशाला क्षेत्रमा शुक्रबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भुमिका निर्वाह गर्न सम्पुर्ण चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले अनुरोध समेत गरे ।

आवश्यकता अनुसार डाईभर्सन गरिने स्थानहरुः

चावहिलबाट गौशालातर्फ ।

पुरानो बानेश्‍वरबाट गौशालातर्फ ।

ज्ञानेश्‍वर मैतिदेवि मोडबाट रातोपुल हुँदै गौशालातर्फ ।

द्वारीका होटलको उत्तरतर्फको शाखा मार्ग ।

सिफल चौरबाट जयबागेश्‍वरीतर्फ ।

लामोपोखरी कुटुवहालबाट मित्रपार्कतर्फ ।

गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ ।

तिलगंगाबाट गौशालातर्फ ।

मालबावहक सवारी साधनहरु तीनकुनेबाट सिनामंगल, तिलगंगातर्फ ।

जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालवाहक सवारी साधनहरु गौरीघाटतर्फ ।

सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग ।

जोरपाटी, बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चावहिलतर्फ ।

तर मालबाहक तथा ढुवानीका सवारी साधन बाहेक अन्य सार्वजनिक र भक्तजनहरुका निजी सवारी साधनहरुलाई ट्राफिक चाप र अवस्था हेरी व्यबस्थापन र डाईभर्सन गरिने प्रहरीले जनाएको छ ।

मालबाहक सवारी साधनलाई गरिने डाईभर्सन

कोटेश्वर, तिनकुने, गौशाला हुदैं बौद्ध वा सुकेधारातर्फ जाने मालवाह सवारी साधनहरु जडिबुटी, काँडाघारी हुँदै बौद्धतर्फ संचालन हुने,

कोटेश्वर तिनकुने हुदैं पशुपती वरपर तर्फ जाने मालवाहक सवारी साधनहरु तीनकुने आसपास व्यबस्थापन गरिने ।

महाराजगंज, चावहिल हुदैं पशुपती वरपर जाने मालवाहक सवारी साधनहरु धुम्वाराहीमा मेला अवधिभर कुर्नुपर्ने ।

कोटेश्‍वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरु जडिबुटी, पेप्सीकोला, गोठाटार पुल हुदैं बौद्ध जोरपाटीसम्म पुग्न सक्ने ।

पार्किङ्गको व्यबस्थापन गरिएका स्थानहरु:

सिफल चौर (दर्शानार्थीहरुको)

कोषको कार्यालय (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु)

भण्डारखाल (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु)

तिलगंगाको खाली स्थान र करिडोरमा (तिर्थयात्री, दर्शानार्थी र पर्यटकका सवारी साधनहरु)

वनकाली (शिविर सञ्चालन गर्ने संघ संस्थाहरु, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारी साधनहरु)
गुहेश्‍वरी पारी (तिर्थयात्री, दर्शानार्थीहरुको सवारी साधनहरु)

जनशक्ती परिचालन

महाशिवरात्री मेलाको ट्राफिक व्यबस्थापन गर्नको लागी मात्र कुल ५१३ जना ट्राफिक प्रहरी खटाइएको छ ।

प्वाइन्ट ड्यूटी, पार्किङ्ग ड्यूटी, डाईभर्सन ड्यूटी लगायतमा उक्त ट्राफिक प्रहरी परिचालन गरिने छ ।

यस बाहेक बिशिष्ट व्यक्तिहरुको भ्रमण व्यबस्थापन र अन्य स्थानहरुको नियमित गरिने ट्राफिक व्यबस्थापनमा समेत थप जनशक्ती परिचालन गरिने छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर