पशुपति क्षेत्रमा स्वास्थ्य समस्या भयो? नजिकै छ सशस्त्रको स्वास्थ्य डेस्क

सशस्त्र प्रहरी बल, नेपालले नायव उपरीक्षक (डीएसपी) काे नेतृत्वमा एकहजार ३ सय सुरक्षाकर्मीसहित पवित्र पाशुपत क्षेत्रमा आफ्नो विशिष्ठ हेल्थ डेस्क स्थापना गरेको छ । महाशिवरात्रीका अवसरमा भगवान पशुपतिनाथको दर्शनगर्न आउने भक्तजनलाई कुनै स्वास्थ्य समस्या भए तत्काल एम्बुलेन्सको समेत व्यवस्था गरिएको बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

सशस्त्रले पशुपतिनाथ मन्दिर परिसरमा २४सै घन्टा स्वास्थ्य सेवा प्रदान गरेको डीएसपी थापाले बताए । बिहिबार बिहान १० बजे देखि शनिबार बिहान ६ बजे सम्म हेल्थडेक्सले सेवा प्रदान गर्नेछ ।

बलका अनुसार हेल्थ डेस्कमा भक्तजनहरुको सुबिधाका लागि चिकित्सकसहितको एम्बुलेन्स समेत पशुपतिनाथ मन्दिर परिसरमा तयारी अवस्थामा राखिएको छ । भक्तजनहरुलाइ सामान्य स्वास्थ्य समस्या भएमा त्यहीँनै उपचार गरिने र थप उपचार चाहिएमा एम्बुलेन्स मार्फत नेपाल एपीएफ अस्पताल बलम्बु ल्याइने बलले जनाएको छ ।

यसैगरी शिवरातत्रि अवधिभर २६ गते सम्म सुरक्षार्थ पशुपति मन्दिर परिसरमा १ हजार ३ सय बढी सशस्त्र प्रहरी बलको फौज तैनाथ रहेको डीएसपी थापाले बताए । पशुपतिनाथ परिसरमा डिएसपीको कमान्डमा एपीएफ पोस्ट स्थापना गरिएको छ भने सशस्त्र प्रहरी बल बारुणयन्त्र रामहिटी बौद्धबाट दमकल सहितको फौज समेत तैनाथ रहेको बलले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *