अर्थतन्त्रको एजेण्डामा राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्छ : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको एजेण्डामा राजनीतिक दलहरु एकठाउँमा उभिनुपर्ने बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले इकोनोमिक एजेण्डामा राजनीतिक दलहरु एक ठाउँमा नआइकन देशको अर्थतन्त्र अघि बढ्न नसक्ने बताएका हुन्।

उनले देश रहे, देश समृद्ध राष्ट्र भए नै राजनीतिक गर्ने ठाउँ हुने बताए। चैत्र २८ गतेको महासंघको साधारण सभामा राजनीतिक दलका अध्यक्ष, पूर्वप्रधानमन्त्री र प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबैको प्रतिनिधित्व हुने गरी एउटा कार्यक्रम गर्न लागेको उनले जानकारी दिए।

उनले निजी क्षेत्रका आर्थिक एजेण्डालाई सबै राजनीतिक दलले प्रतिबद्धता जनाउनुपर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर