भक्तपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

भक्तपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलान्चोक बनेपा नगरपालिका वडा नं. ७ धनेश्वर बस्ने वर्ष ४० का मणिराज घिमिरे रहेका छन् ।

गएराती भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ५ चुनदेबी आकासे पुल नजिकै सूर्यविनायकबाट सल्लाघारी तर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३२ प. ३३१३ नं. को मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकलको पछाडी बसेका घिमिरे गम्भिर घाइते अवस्थामा उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगिएको थियो । उपचारको क्रममा गएराती नै निधन भएको प्रहरीले जनाएको छ ।

मोटरसाईकल चालक रामेछाप मन्थली नगरपालिका वडा नं. ४ घर भई हाल काभ्रेपलान्चोक जोरपाटी बस्ने वर्ष ३७ का बिनोद प्रसाद घिमिरेलाई प्रहरी वृत्त जगातीको नियन्त्रणमा राखिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर