नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठक बस्दै

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ।

पहिलो महाधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका रेशम चौधरीलाई निर्वाचन आयोगले अयोग्य ठहर गरेपछि नागरिक उन्मुक्ति पार्टी(नाउपा)को पहिलो बैठक आज बोलाएको हो ।

चौधरी नेतृत्वको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले वैधता नदिएर पुरानै समितिलाई निरन्तरता दिएपछि अध्यक्ष रञ्जिता श्रेष्ठले बैठक बोलाएकी हुन् ।

नागरिक उन्मुक्ति पार्टीका एक नेताका अनुसार बैठक दिउँसो १ बजे टीकापुरमा बोलाइएको जानकारी दिए । उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने एजेन्डा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *