सरकारमा सहभागिताबारे रास्वपाभित्र असन्तुष्टि

पार्टीमा पर्याप्त छलफल नगरी सरकारमा गएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले असन्तुष्टि जनाएका छन् । आज बसेको रास्वपाको केन्द्रीय समितिको बैठकमा केही सदस्यहरूले अहिलेको अवस्थामा पार्टी सरकारमा जानु औचित्यपूर्ण नभएको बताएका हुन् ।

यही फागुन २१ मा घोषणा भएको नयाँ सत्ता गठबन्धनमा रास्वपा सहभागी भएको थियो । साथै, सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल (डिपी) श्रममन्त्री, उपनेता विराजभक्त श्रेष्ठ खेलकुद मन्त्री र सांसद सुमना श्रेष्ठ शिक्षा मन्त्री भएका थिए ।

बैठकमा महामन्त्री डा. मुकुल ढकालले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएका थिए । त्यसमाथि धारणा राख्ने केन्द्रीय सदसयहरुले सरकारमा जाने क्रममा पार्टीमा छलफल नभएको बताएका थिए ।

ढकालका अनुसार सोमबारको बैठकले इलाम उपनिर्वाचनमा भाग लिने तर बझाङमा हुने प्रदेशसभाको उपनिर्वाचनमा भने भाग नलिने निर्णय भएको छ । यस्तै, इलामको निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १५ गते हुने उपनिर्वाचनमा उम्मेदवार चयन गर्न कार्यदल बनाउने निर्णय पनि भएको छ । कार्यदलमा ६ जना सांसद रहनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *