अवैध सुनसहित त्रिभुवन विमानस्थलबाट महिला पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा प्युठान ऐरावती गाउँपालिका–६ घर भएकी २८ वर्षीया संगीता परियार छिन् । उनीलाई सोमबार दिउँसो करिब २ सय १० ग्राम सुनसहित पक्राउ विमानस्थलबाट पक्राउ गरिएको हो ।

फ्लाई दुवईको उडानद्वारा दुबईबाट काठमाडौं आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा भन्सार छली गरी लैजान लागेको अवस्थामा उक्त धातुको लकेट सहितको सिक्री १ थान, ब्रासलेट १ थान, औंठी ३ थान, रानीहार १ थान, मिनिहार १ थान, मंगलसुत्र २ थान, कानमा लगाउने झुम्का २ जोर र औंठी १ थानसहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर