तेस्रो पटकमा प्रचण्डलाई विश्वासको मतमा कति भयो घटबढ ?

प्रतिनिधिसभामा तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मिलीजुली सरकारले बुधबार विश्वासको मत प्राप्त गरेको छ । १५ महिनाभित्र प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका हुन् ।

तर, यसअघिको तुलनामा यसपटक प्रचण्डको विश्वासको मत घटेको छ । आज विश्वासको मतका लागि पेस गरिएको प्रस्तावको पक्षमा १५७ र विपक्षमा ११० मत खसेको छ । १ सांसदले भने ‘मत दिन्न’ भन्ने पक्षमा मत जाहेर गरे । आज संसदमा कुल २६८ सांसद थिए ।

गत वर्ष प्रतिनिधिसभाको निर्वाचनपछि प्रचण्ड नेतृत्वमा पुस १० मा सरकार गठन भएको थियो । उनले त्यतिबेला पुस २६ मा पहिलोपटक विश्वासको मत लिएका थिए । उनलाई माओवादीसहित सरकारमा रहेको एमाले, रास्वपा, राप्रपा, जसपालगायत दलहरूका साथै कांग्रेसलगायत दलले पनि विश्वासको मत दिएका थिए ।

पहिलोपटक विश्वासको मत लिँदा उनको प्रस्तावको पक्षमा २६८ मत परेको थियो । विपक्षमा २ मत परेको थियो ।

एमालेसँग गठबन्धन तोडेर कांग्रेससँग सहकार्य गरेपछि प्रचण्डले दोस्रो पटक चैत ६ मा विश्वासको मत लिएका थिए । त्यतिबेला प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत खसेको थियो । १ सांसदले भने कतै पनि मत दिएका थिएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *